default_image

2 years ago

June 10, 2023

दिनेशलाई प्रो एमको उपाधि

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ।

गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले ४१-४१ अंक जोडे भने प्रताप र अर्जुनले ४०-४० अंक प्राप्त गरे।

यसैगरि, प्रो भुवन‌ नगरकोटी र एमेच्योर खेलाडीहरु टासी छिरिङ्ग, उज्जवल प्रधानाङ्ग र सुनिल कार्कीको टोली १५३ अंक सहित दोश्रो स्थान प्राप्त गरे। भुवन, उज्जवल र सुनिलले समान ३८ अंक जोड्दा टासीले ३९ अंक बनाए। 

धरानका प्रो बलभद्र राई तथा एमेच्योर खेलाडीहरु भाईराजा पाण्डे, काल्साङ्ग लोधे शेर्पा र राजु थकाली १५१ अंक सहित तेश्रो भए। बलभद्रले ३७ अंक जोडे। एमेच्योर खेलाडीहरु भाईराजा, काल्साङ्ग र राजुले समान ३८ अंक बनाए। 

महिला तर्फ बेस्ट ईन्डिभिजुअल स्कोरको उपाधि रेखा घिमिरेले जितिन्। रेखा र आईन्स्टिना टण्डनले समान ३४ अंक जोडेपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो। रेखाले ब्याक नाईनमा १८ अंक जोडेकी थिईन भने १३-बर्षिया आईन्स्टिनाले १७ अंक बनएकी थिइन्।‌

मन्दीप केसी र भाईराजा पाण्डेले क्रमश  लङ्गेस्ट ड्राईभ र क्लोजेस्ट टु दि पिनको उपाधि हात पारे। स्टेवलफोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा खेलाईएको प्रतियोगितामा २५ प्रो सहित कूल १३५ गल्फरले भाग लिएका थिए।

सूर्य नेपाल प्रालिको प्रबन्ध निर्देशक रवि कुमार रायवरम, कर्पोरेट भाईस-प्रेसिडेन्ट रवि केसि, मार्केटिङ्ग भाईस-प्रेसिडेन्ट दिप्रा लाहिरी, फाईन्यान्स भाईस-प्रेसिडेन्ट विकास भत्रा, एनपीजीएका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ रगोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरेले पुरस्कार वितरण गरे। 

सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हिजो सकियो। जसको उपाधि १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङले जिते। उनले २१-अन्डर २ सय ६७ को सानदार नतिजामा उपाधि जितेका हुन्। 

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.