2 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको नेपाल प्रहरी स्कुलले तेश्रो राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
बूढानीलकण्ठ आवसिय माविमा भएको फाइनलमा प्रहरीले भक्तपुरको साइनिङ स्टार स्कुललाई १५–७ ले पराजित ग¥यो ।विजेता र उपविजेतासहित काठमाडौंको बूढानीलकण्ठ आवसिय मावि तथा ललितपुरको श्री कुल गरी ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।
लिगका शीर्ष दुई टोलीले उपाधिका लागि पुनः प्रतिस्पर्धा गरेका थिए । नेपाल बेसबल तथा सफ्ट बल संघद्वारा आयोजित प्रतियोगितामा प्रहरीका सुजन थापा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उप महासचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमला, आयोजक संघका अध्यक्ष दीपक न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]