default_image

2 years ago

June 10, 2023

ग्रिनल्यान्ड, भ्याली र गोल्डेनपिकलाई बीएमसीए कप

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको शनिबार भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे ।

बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१–२२ ले हरायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२–२२ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे । तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडम हिमालयनका लोप्साङ तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा पृथ्वीकी बविता घिमिरे र जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ टासी शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, पूर्व मेयर उद्धवप्रसाद खरेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, आयोजक बीएमसीए विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ, बीएमसीएका प्रिन्सिपल मोहनप्रसाद भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजकले बास्केटबलको विकास र विस्तारमा योगदान पु¥याएवापत बास्केटबलका प्रशिक्षकत्रय पूर्ण न्यौपाने, नारायण खवास र मीनबहादुर खड्कालाई नगदसहित सम्मान गरेको थियो ।

जेठ १७ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ गरी जम्मा ५३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.