2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् ।
नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो ।
उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल घिसिङले सम्मान पत्र प्रदान गरे । केन्द्रिय डोजोका प्रमुख प्रशिक्षक साईला गमालले खेलाडीहरुको बृत्ति र बिकासको लागि यस प्रतियोगिता आयोजना गरिएको बताए ।
यस प्रतियोगितामा विभिन्न डोजो तथा बिद्यालयबाट करिव ५५० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]
December 29, 2024
दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]
December 29, 2024
दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]