default_image

2 years ago

June 9, 2023

हिमरश्मीको दोहोरो जित

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मीले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा जित निकाल्यो ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा शुक्रबार भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित ग¥यो ।

विजयी टिमका लागि सुबोध पनेरुले ६ अंक जोडे । सिनियर गल्र्समा हिमरश्मीले काठमाडौं लिङकनलाई २४–१८ ले हरायो । विजेताकी सुनिशा मिश्रले १० अंक जोडिन् ।

जुनियर ब्वाइजमा जीवन ज्योतिले ल्यान्डमार्कलाई १८–१०, सिद्धार्थ मोडेलले रोजमेरीलाई २१–१०, सिर्जना ज्ञान सागरले काठमाडौं शिक्षालयलाई २४–१६, काठमाडौं लिङकलनले लालीगुराँस विद्याकुञ्जलाई २०–१९ र प्रारम्भ वल्र्डले एन्जल्स हार्टलाई १४–१० ले पाखा लगाए ।

जीवन ज्योतिका अनमोल सिजाली मगरले ७, सिद्धार्थ मोडेलका सविर मगरले ११, सिर्जना ज्ञान सागरका प्रिन्स तामाङले ६, काठमाडौं लिङकनका वशिष्ट थापाले ८ र प्रारम्भ वल्र्डका राकेश बूढाथोकीले ४ स्कोर गरे ।

सिनियर गल्र्समा ल्यान्डमार्कले नर्थ प्वाइन्टलाई २१–१७, स्प्रिङ भ्यालीले काठमाडौं शिक्षालयलाई १८–१२ र एन्जल्स हार्टले प्रारम्भ वल्र्डलाई २६–२४ ले पन्छाए । ल्यान्डमार्ककी एनिशा कार्कीले ८, स्प्रिङ भ्यालीकी सुजिना कार्कीले ७ र एन्जल्स हार्टकी एलिया राईले ८ अंक जोडे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.