2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई उपाधिनजिक पुगेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा उपाधिनजिक पुगेको हो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का ग¥यो ।
भ्याली पब्लिकको जितमा अनमोल गुरुङले २१ अंक योगदान गरे । अर्को सेमिफाइनलमा प्रवीण गुरुङको २० अंक सहयोगमा ग्रिनल्यान्डले बीएमसीएलाई ४९–३० ले हरायो ।
गल्र्समा भ्याली पब्लिकले हिमालयन किङडमलाई ३५–२० ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले १२ स्कोर गरिन् । उपाधिका लागि भ्याली पब्लिकले पृथ्वी विरुद्ध खेल्ने छ । पृथ्वीले एचएचसीएलाई २९–२० ले पन्छायो । पृथ्वीकी दावा लामा गुरुङले १० अंक जोडिन् ।
जुनियर ब्वाइजमा गोल्डेनपिक र हिमालयन किङडमले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले एन्जल्स हार्टमाथि २७–२१ को जित दर्ता ग¥यो । गोल्डेनपिकका अमन गुरुङले १७ अंक बटुले ।
स्किब्स विरुद्धको अर्को सेमिफाइनलमा हिमालयन किङडम २८–२५ ले विजयी भयो । विजेताका लोप्साङ तामाङले १० अंक जोडे । फाइनल शनिबार हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]