2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोलीले अर्को सातादेखि माल्दिभ्समा सुरु हुने फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।
१२ खेलाडीसहितको टोली च्याम्पियनसिपमा भाग लिन सोमबार त्यसतर्फ जाने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।
च्याम्पियनसिपका लागि एक महिनादेखि बास्केटबलका मुख्य प्रशिक्षक दीनेश नकर्मीले प्रशिक्षण दिइरहेको बताइएको छ । नेपाली टोलीका कप्तान सदिश प्रधानले लामो समयपछि अन्तर्राष्ट्रिय खेलमा फर्कदा र लामो समयको प्रशिक्षण रहेकाले यसपटक स्वर्ण पदक जित्ने सक्ने लक्ष्य रहेको बताए ।
च्याम्पियनसिप नेपालसहित आयोजक माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तानको सहभागिता रहने संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । च्याम्पियनसिप जेठ ३१ देखि असार ७ गते सम्म हुनेछ ।
सोही अवसरमा अध्यक्ष गुरुङले रिम्पोछे, राष्ट्रिय खेलकुद परिषद, प्रायोजक, खेलाडी र सरोकारवालालाई धन्यवाद दिए । लि निङले नेपाली राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गर्दै आएको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेडका राजन महर्जनले टोलीलाई इतिहास बनाउने मौका रहेको र उपाधि जितेर फर्किन शुभकामना दिए ।
नेपाली राष्ट्रिय बास्केटल टोली
सदिश प्रधान (कप्तान) , विनोद महर्जन, विजय बुर्जा, निकेश रखाल मगर, मविन्द्र भण्डारी, अजय कुशवाहा, दिवेश्वर शाह, आयुष सिंह, निश्चल महर्जन, अशिम श्रेष्ठ, श्रेयस बहादुर शाह
प्रशिक्षक – विपिन कपाली, नृपेश श्रेष्ठ
व्यवस्थापक – सुशिल गुरुङ
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]