2 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन् । सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे ।
गल्र्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन् । सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।गल्र्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ तथा हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छ्याउदै सेमिफइनलमा स्थान बनाए ।
भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]