default_image

2 years ago

June 8, 2023

लालीगुराँस र एन्जल्स हार्टको विजयी सुरुआत

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे । आदित पुनको ८ अंक सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो ।

मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौं शिक्षालयलाई २०–१५ ले पाखा लगाए ।

स्प्रिङ भ्यालीका अन्च ठकुरीले ५, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे । सिनियर गल्र्सको अन्य खेलमा न्यु एराले एन्जल्स हार्टलाई २४–१८, स्प्रिङ भ्यालीले काठमाडौं लिङकनलाई २५–१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८ तथा नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ ले पन्छाए ।

न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङ भ्यालीकी काभ्या अधिकारीले ८, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ अंक जोडे ।

प्रतियोगिताको त्रिभूवन विश्वविद्यालयअन्तर्गत शारीरिक शिक्षा विभागका विभागीय प्रमुख शैलेन्द्र चिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सियिनर गल्र्समा १२ गरी २८ टिम सहभागी छन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.