2 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । पुरुष एकलमा च्याम्पियन बनेको प्रिन्सले पुरुष डबल्स र मिक्स डबल्सगरी तेहोरो उपाधि जित्न सफल भए । यस्तै रशिलाले महिला एकलसँगै महिला डबल्सगरी दोहोरो उपाधि जित्न सफल भइन् ।
सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक स्वयम्भुमा बिहीबार भएको पुरुष एकलको फाइन्लमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधी हात पारे ।
पुरुष डबल्समा नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरको जोडीले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८ र २१–१३ ले पराजित गर्दै उपाधि जिते ।
महिला एकलमा आर्मीकी रशिला महर्जनले एपीएफकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि जितिन् ।
महिला डबल्समा आर्मीकी रशिला महर्जन र अनुमाया राईको जोडीले एपीएफकी जेिशका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१६ र २१–१२ ले पराजित गर्दै उपाधि जित्न सफल भइन् ।
मिक्स डबल्समा एपीएफका प्रिन्स दाहाल र जेसिका गुरुङको जोडीले आफ्नै क्लबका विजित थापा मगर र शोभा गौचनको जोडीलाई २३–२१ र २२–२० ले पराजित गरी उपाधि जित्न सफल भए ।
१९ बर्षमुनिको ब्वाइजमा एपीएफका क्षितिज खनालले आफ्नै क्लबका रोशन साउदलाई १३–२१, २१–१७ र २१–१८ ले पराजित गर्दै च्याम्पियन बने । यू–१२ ब्वाइजमा आर्मीका रिजन मगरले आफ्नै क्लबका सुदेश राजकोटीलाई २४–२२ र २१–१८ ले हराएर उपाधि जित्न सफल भए ।
५५ बर्षमाथिको भेट्रान्समा चितवनका बुद्धी चौधरी र धादिङका बिष्णुलाल श्रेष्ठको जोडी पहिलो भए । ४५ बर्षमाथिको भेट्रान्समा एपीएफका सञ्जय कपाली र अनिल थाम्सुङको जोडी पहिलो भए । ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माको जोडी पहिलो भए । यो जोडीले एपीएफका धिरेन्द्र चन्द र सुधिर सुवेदीको जोडीलाई २२–२० र २१–१२ ले हराए ।
विजयी खेलाडीलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
नेपाल एपीएफ क्लबको आयोजनामा २१ जेठबाट शुरु भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, यू–१२ ब्वाइज, यू–१९ ब्वाइज, भेट्रान्स युगल ४५ र ५५ वर्ष, मिक्स डबल्स र इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) गरी १० वटा इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]