default_image

2 years ago

June 8, 2023

भलिबल रेफ्री दावाद्धारा सगरमाथाको सफल आरोहण

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले जेठ ९ गते बिहान ११ः३० बजे सगरमाथाको सफल आरोहण गरेको राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । यससँगै उनी भलिबलबाट सगरमाथाको शिर चुम्ने पहिलो व्यक्ति बनेका छन् ।

उनले सगरमाथा आरोहणको सुरुवात चैत २७ गतेबाट गरेका थिए । सगरमाथाको सफल आरोहणसँगै उनी जेठ ११ गते बेस क्याम्पमा फर्किएका थिए ।

खुम्वु पासाङ गाँउपालिका वडा नम्वर ३ का दावाले २०७७ मा ढोरपाटन स्पोर्ट्स क्लबले काठमाडौंमा ८ दिनसम्म सञ्चालन गरेको प्रादेशिक भलिबल रेफ्री कोर्स उत्तिर्ण गरेका थिए । त्यसबेला उनीसँगै १०७ जनाले प्रादेशिक भलिबल रेफ्री कोर्ष उत्तिर्ण गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.