2 years ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन हुने भएको छ ।
एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशालामा असार २ गते प्रतियोगिता हुने आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । दुवै समूहमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
चौथो र पाँचौं हुनेले समान २–२ हजार तथा छैटौंदेखि दशौं स्थानमा रहने खेलाडीले समान १–१ हजारका रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ ।
खेलाडी दर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]