default_image

2 years ago

June 7, 2023

बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित ग¥यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे । एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले ११ अंक जोडे ।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.