default_image

2 years ago

June 7, 2023

प्रिन्स र रशिला फाइनलमा

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा उपाधिनजिक पुगेका हुन् । नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बुधबार भएको पुरुष एकलतर्फ आर्मीका रुकेशले एपीएफका देवराज रानालाई १४–२१, २१–१३ र २४–२२ र एपीएफका प्रिन्स दाहालले एपीएफकै क्षितिज खनाललाई २१–१५ र २१–११ ले पराजित गरी फाइनलमा भिडन्त तय गरे ।

महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१९ र २१–१५ ले पराजित गरी फाइनलमा स्थान बनाएकी छिन् ।

महिला युगलतर्फ नेपाल एपीएफ क्लबकी जेसीका गुरुङ र सुनैना मुखियको जोडीले एपीएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङ्सलदेवी तामाङको जोडीलाई २१–११ र २१–१८ ले तथा आर्मीकी रशिला महर्जन र अनुमाया राईको जोडीले भोजपुरकी सीता राई र कस्तुरी कलेजकी सीमा राजबंशीको जोडीलाई २१–९ र २१–१५ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान्स युगल ४५ बर्ष माथि एपीएफका संजय कपाली र अनिल थाम्सुहाङ्को जोडी फाइननलमा प्रवेश गरेका छन् । ब्वाईज यू–१२ तर्फ आर्मीका सुदेश राजकोटी र आर्मीकै रिजन मगर फाइनलमा भिड्ने भएका छ् । भेट्रान्स युगल ५५ बर्ष माथि एपीएफका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.