2 years ago
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल एपीएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा मंगलबार भएको प्रि–क्वाटरफाइनलमा प्रिन्सले आर्मीका कबिर केसीलाई २१–७ र २१–१२ ले पराजित गरी असन्तम आठमा स्थान पक्का गरेका हुन् ।
यस्तै आर्मीका रुकेश महर्जनले एपीएफका अमन महर्जनलाई २१–१७ र २१–१७ ले पराजित गरे । यस्तै एफिएफका देवराज राना, पुलिसका सुनिल जोशी, एपीएफका क्षितिज खनाल, पुलिसका जीवन आचार्य, पूर्ण बहादुर थापा र बिष्णु कटुवालले पनि अन्तिम आठको यात्रा तय गरेका छन् ।
गल्र्स सिंगलतर्फ भोजपुरका नङ्सलदेवी तामाङले कस्तुरी कलेजकी सीमा राजवंशीलाई २१–१२ र २१–१६, एपीएफकी जेशिका गुरुङले आर्मीकी रिहाना शेरचनलाई २१–८ र २१–६, आर्मीकी अनुमाया राईले एपीएफकी रिना तामाङलाई २१–१७ र २९–२७, एपीएफकी सुनैना मुखियाले आर्मीकी बिस्ना बिष्टलाई १६–२१, २१–१३ र २१–१८ ले पराजित गरेका छन् ।
यस्तै एपीएफकी शोभा गौचनले आर्मीकी सिस्ना सीर्पालीलाई २१–१३ र २१–१३, आर्मीकी अमिता गिरीले काभ्रेकी सायरा प्रधानलाई २१–५ र २१–३, पुलिसकी नीता लम्सालले सर्लाहीकी निकिता लामालाई २१–१२ र २१–१७, आर्मीकी रशिला मर्हजनले एपीएफकी अन्जना राईलाई २१–११ र २१–१२ ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।
यसैगरी ब्वाईज अन्डर १२ तर्फ आर्मीका सुदेश राजकोटी, कैलालीका आदित्य चौधरी, एपीएफका सफल भुजेल, सुहम कार्की, दिपक व्याडमिन्टन एकेडेमीका देयोन भण्डारी, आर्मीका रिजन मगर, दाङका ज्योती आदित्य चौधरी र एपीएफका आरुष सिंखडा अर्को चरणमा प्रवेश गरेका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]