2 years ago
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धी मंगलबार सम्झौता भएको छ ।
रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल रेस्लिङ संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेडिकल निर्देशक डा. पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्दीत हुन आग्रह गरे ।
‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिनु पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’ निर्देशक डा. पौडेलले भने– ‘म खेलाडीहरुलाई ढुक्क भएर खेलमा केन्द्रीय हुन आग्रह गर्दछु ।’
नेपाल रिङ रेस्लिङ संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिदै भनिन्– ‘खेल र ट्रेनिङका दौडान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ ।
अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ ।’ श्रेष्ठले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष धुव्र आचार्यले सम्झौताले खेलाडीलाई तनावमुक्त भएर खेल्ने वातारण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
रेस्लर नुवाकोटे टाइगरले अस्पतालसंगको सहकार्यले खेलाडीमा उर्जा सञ्चार भएको बताउदै खेल जीवनलाई अगाडि बढाउन थप प्रेरणा मिलेको बताए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]