2 years ago
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ ।
जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । सागमा इन्द्रले रजत तथा पुनमले स्वर्ण जितेका थिए । प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं रहेका छन् ।
नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसंगै किर्गिस्तान जाँदैछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]