2 years ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् ।
ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा सोमबार आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए ।
कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए । विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेजसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे ।
कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंगाए । ब्वाइज गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुद मन्त्री लिम्बूले गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]