2 years ago
June 5, 2023
लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सुन्दरबजार नगरपालिकामा ‘दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा दोस्रो संस्करणको मिनि म्याराथन आगामी असार २ गते हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए ।
‘मिनी म्याराथन’ बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार, बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै पुनः भोटेओडार र कृष्ण बगैंचामा पुगेर समापन हुनेछ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार ५ सय ५० रुपैयाँ र तेस्रो हुनेले १५ हजार ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सान्त्वना २ जनालाई जनही १० हजार ५ सय ५० रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन देशभरका जुनसुकै ठाउँका जुनसुकै र उमेर समुहले सहभागिता जनाउन पाउनेछ ।
सहभागिताको लागि १ असारसम्म दर्ताको लागि समयसीमा तोकिएको छ । दर्ता निशुल्क हुनेछ । पहिलो संस्करणमा जुम्लाका दुर्गा बुढा मगरले उपाधि जितेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]