default_image

2 years ago

June 4, 2023

स्वस्तिश्री एसइइ कार्निभल सम्पन्न

270 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ ।

कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता भएको थियो । टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए ।

गल्र्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका राई दोश्रो भइन् । ब्वाइज र गल्र्स टिम इभेन्टमा एभीएमले शीर्ष स्थान कब्जा गर्दै १५ हजार नगद पुरस्कार जित्यो ।

ब्वाइज फुटसलमा प्रिमियरले उपाधि जित्यो । सेक्रेट हार्ट स्कुल दोश्रो भयो । विजेताले ५५ हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

मल्पी इन्टरनेसनल स्कुलका सार्थक थापा उत्कृष्ट खेलाडी, सेक्रेट हार्टका केन्द्रराज कुलुङ उत्कृष्ट गोलरक्षक र महेश दाहाल सार्वधिक गोलकर्ता बने । १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

ब्वाइज बास्केटबलमा टिम ऋितिक विजेता तथा टिम ग्रान्डी उपविजेता बने । विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार नगदबाट पुरस्कृत गरियो । टिम ऋितिकका सुशान्त कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, टेबल टेनिसका प्रमुख प्रशिक्षक सन्जिव ढुंगेल, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, स्वस्तिश्रीका ब्रान्ड एम्बासडर एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, स्वस्तिश्रीकी प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खेलहरु सानो भ¥याङस्थित आयोजकको हातामा भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.