default_image

2 years ago

June 4, 2023

आयोजक बीएमसीए क्वाटरफाइनलमा

907 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बीएमसीएले जुगललाई १९–१५ ले पराजित ग¥यो । बीएमसीएकी विना वाइबाले ७ अंक जोडिन् । सोही स्पर्धामा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–३० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । एचएचसीएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।

सिनियर ब्वाइजमा इबीएले सेवा सदनलाई २४–१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८–२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०–२४ तथा जुगलले हेराल्डलाई १७–१५ ले पाखा लगाए ।

इबीएका सोहन भण्डारीले ९, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले ९ अंक जोडे ।

बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८–२३ तथा गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२–२५ ले पन्छाए ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.