default_image

2 years ago

June 3, 2023

रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

483 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो ।

भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले कोशी प्रदेशविरुद्ध सेमिफाइनलमा खेल्नेछन् ।

महिलामा एपीएफ र आर्मी तथा कर्णाली र बागमतीबीच सेमिफाइनल हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे ।

दुईदिने प्रतियोगितामा पुरुष र महिलातर्फ समान ७–७ टिम सहभागी छन् । यसै प्रतियोगिताबाट कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.