2 years ago
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे ।
प्रवीण गुरुङको १३ अंक सहयोगमा ग्रिनल्यान्डले टीआईएलाई ४४–३२ ले हरायो । सिनियर ब्वाइजमै दोहोरो जित निकाल्ने क्रममा भ्याली पब्लिकले सेन्ट जेभियर्समाथि ४९–३० को जित दर्ता ग¥यो ।
विजयी टिमका लागि सुजन चौधरीले १५ अंक जोडे । हिमालयन किङडम विरुद्धको खेलमा गोल्डेनपिक ५९–३७ ले विजयी भयो । गल्र्समा पनि भ्याली पब्लिकले दोहोरो जित आत्मासात् ग¥यो ।
भ्याली पब्लिकले बीएमसीएलाई ३५–२८ तथा जुगललाई ३९–२५ ले पाखा लगायो । जितमा बीएमसीए विरुद्ध लोरिशा गौचनले ११ तथा एन्जल गुप्ताले १९ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १८–१३, गोल्डेनपिकले बीएमसीएलाई २५–२० र स्किब्सले एन्जल्स हार्टलाई १८–१७ ले पन्छाए । ग्रिनल्यान्डका विश्वास केसीले ६ तथा गोल्डेनपिकका पासाङ शेर्पाले १५ अंक जोडे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]