2 years ago
June 3, 2023
मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ ।
मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो ।
एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १७–२५ ले गुमाएको एपिएफले त्यसपछिको दुवै सेट २५–१७ र २९–२७ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
उपाधीसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँमा हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्ड आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्प मल्ल घोषित भए । विधागत उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
सेमिफाइनलमा पराजित गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले समान ५० हजार रुपैयाँ प्राप्त गरेको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान नेपाल र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।
स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा गत जेठ १६ गतेबाट संचालन भएको प्रतियोगिता राष्ट्रिय र मोफसलका गरी १० टिमले सहभागिता जनाएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।