2 years ago
June 2, 2023
काठमडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलातर्फ समान ७–७ टिमको सहभागिता रहने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सात प्रदेश र विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि छनोटका रुपमा समेत रहेको नेपाल रग्बी संघका प्रबन्ध निर्देशक विजय खड्काले जानकारी गराए । दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको सानो थिमीस्थित मैदानमा हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]