default_image

2 years ago

June 1, 2023

इबीए र नेसनल युनाइटेडलाई सफलता

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित ग¥यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे ।

अनित रेगनको ७ अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१–१७ ले हरायो । सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४–१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०–३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टीआईएले साइपाल एकेडेमीलाई २४–२२ ले पाखा लगाए ।

युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआईएका रोशन नगरकोटीले ९ स्कोर गरे ।

सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१–१७, पृथ्वीले हिमालयन किङडमलाई ३०–२४ र साइपालले इबीएलाई १६–१० ले पन्छाए । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले ८ अंक जोडे ।

जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३–१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०–२१ ले पराजित गरे । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२–१२ स्कोर गरे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.