2 years ago
June 1, 2023
डोटी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका धावक खडक बहादुर खड्काले दोस्रो संस्करणको खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि जितेका छन ।
खडकले खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथन २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा पूरा गरे ।
२ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै जुम्लाको कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्डेय तेस्रो भए । उपाधिसँगै खडकले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो भएको नरेन्द्रले ८० हजार तथा तेस्रो भएको वीरेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे ।
सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनमा विदेशीसहित ४८ धावकले प्रतिस्पर्धी गरेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य झलक शाहले बताए ।
हाफ म्याराथनमा पूर्णलक्ष्मी विजेता
महिला हाफ म्याराथनमा भने आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन । उनले निर्धारित दुरी १ घण्टा १४ मिनेट १८ सेकेन्डमा पूरा गरिन् ।
पुलिसकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डसहित दोस्रो भइन् । भैरवप्रसाद गणकी सुन्तला कडायत १ घण्टा २६ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भइन् ।
विजेता पूर्ण लक्ष्मीले ५० हजार रुपैयाँ, दोस्रो भएकी रेखाले ३० हजार तथा तेस्रो भएकी सुन्तलाले २० हजार रुपैयाँ प्राप्त गरिन् ।
विजयी खेलाडीहरुलाई ५ नम्बर बाहिनीका बाहिनीपति विजय थापा, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह लगायतले विजयीलाई पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]