2 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पर्वत फेरि युवा क्लबले प्रथम वडा अध्यक्ष कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
धनेश्वरस्थित द गेम फुटसल काेर्ट धनेश्वरमा बुधबार भएको फाइनलमा जाल्पा देवी युवा क्लबलाई ३–१ ले पराजित गर्दै पर्वत फेरिले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै पर्वत फेरिले ४० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमण पत्र प्राप्त गरेको छ । दोस्रो भएको जाल्पादेवीले २० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमण पत्र प्राप्त गरेको छ ।
उपविजेता जाल्पा देवीका अनिल थापा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । च्याम्पियन पर्वत फेरिका आशिष दंगाल उत्कृष्ट गोलरक्षक चुनिए । डेभिड उत्कृष्ट मिडफिल्डर तथा आयोजक सुर्यदर्शन युवा क्लबका राजेश नेपाली राइजिङ खेलाडी घोषित भए । उनीहरुले समान १५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी टोली तथा खेलाडीलाई टोखा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष रमेश खत्री, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य मनिष जोशी, वडा सदस्य बिजय बानिया, बानियाटार युवा समाजका अध्यक्ष प्रबिन बानिया, धलमटार युवा क्लबका अध्यक्ष आशा काजी महर्जन र आयोजक सुर्य दर्शन युवा क्लब क्लबका अध्यक्ष गणेश न्यौपाने लगायतले पुरस्कृत गरे ।
समापन दौरान समाजसेवी उद्वव पाण्डे, उत्तम थापा, केदार पाठकसँगै विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
टोखा नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा सुर्य दर्शन युवा क्लबको आयोजनामा १६ र १७ जेठमा भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]