2 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा रजत पदक जितेकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) प्राप्त गरेका छन् ।
प्राविधिक कारणले शिवांगीले नेपाली नागरिकता पाउन कठिनाइ हुँदा राहदानी बनाउन समस्या भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रलाई पदक दिलाउनु भएकी र भविष्यमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै सफलता दिलाउन सक्ने सभ्मावना भएकी शिवांगीको खेल यात्रालाई सहज बनाउन यात्रा अनुमति पत्रका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत पहल गरेको थियो ।
डडेल्धुरामा जन्मिएकी १९ वर्षीया शिवांगीको नागरिकता र राहदानीका लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]