2 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।
सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।
बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ ले पराजित ग¥यो । विजयी टिमका लागि सुजन तामाङले १४ अंक जोडे ।
सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ ले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले पाखा लगाए । सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अन्जली श्रेष्ठले ५ स्कोर गरे ।
जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ ले पन्छायो । बीएमसीएका सन्देश तामाङले ७ अंक बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित ग¥यो । सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।
प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टिम सहभागी छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]