2 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।
उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् । तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आएकी छन् ।
निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वल्र्ड च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकका रुपमा सहभागी हुँदैछिन् ।
वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् । महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै छिन् ।
वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्दैछन् । पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्नेछन् ।
निशाले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपालको चुनौती प्रस्तुत गरेकी थिइन् । ३१ औं ग्रिष्मकालीन ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी उनले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]