2 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ र आर्मीकी मिनु गुरुङ एसियन गेम्सको दोस्रो चरणमा छनोट हुन सफल भएकी छिन् ।
महिला ५० किलो तौल समुहमा एच टुओकी अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै सुष्मा दोस्रो चरणमा छनोट हुन सफल भएकी हुन् ।
५४ किलो तौल समुहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अन्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनोट पार गर्न सफल भएकी हुन् ।
महिला ५७ तौल समुहमा आर्मीकी चन्द्रकला थापाले एपीएफका निता तामाङलाई ५ः० को आधारमा पराजित गरे । ६० किलो तौल समुहमा एपीएफका संगिता सुनारलाई आर्मीकी वर्षा श्रेष्ठले वाकओभर दिईन् । महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीका निरु गुरुङलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै विजय हासिल गरिन् ।
७५ किलो तौल समुहमा एपीएफका सरस्वती राना मगरले एपीएफकी कामनिता राईलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन् ।
पुरुषतर्फ ५१ किलो तौल समुहमा पुलिसकी चन्द्र थापाले यचटुओका रविन थापालाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
पुरुष ५७ किलो तौल समुहमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभ मालीलाई ५ः० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमा पुलिसका भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम रानामगरलाई ५ः० को युनानीमस डिसिजनको आधारमा पराजित गरे ।
७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुक मनोज तामाङलाई ५ः० को आधारमा पराजित गरे ।
पुरुष ९२ किलो तौल समुहमा एपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाकओभरको डिसिजनको आधारमा पराजित गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]