2 years ago
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन् ।
सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ ब्ल्याक वेल्ट प्राप्त गर्न सफल भए ।
सहभागीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले ग्रेडिङ सञ्चालन गरेका थिए । ग्रेडिङको तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।
नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एकदिने ग्रेडिङका सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफुका खेलाडी कमल मगरलाई पनि सम्मान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]