default_image

2 years ago

May 28, 2023

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । एक सयम ६–८ ले पछि रहेको नेपालले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन । पहिलो सेट गुमाएको नेपालले त्यसपछि भने आफ्नो लय समात्यो ।

दोस्रो सेट नेपालले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा ९–९ को बराबरीबाट अघि बढेको नेपालले लगातार ६ अंक जोड्दै जितको आधार तय गर्यो । त्यसपछि उज्वेकिस्तानले थप ७ अंक जोड्दा नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा पनि नेपालले सोही लयलाई निरन्तरता कायम राख्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । सुरुवातदेखि नै अग्रता लिएको नेपालले ७–४ को स्थितिबाट आरामदायी अग्रता लिदै १७–९ ले अघि बढ्यो । त्यसपछि अन्त्यतिर २४–१२ को स्थिति रहँदा नेपालले लगातार ३ अंक गुमाएपनि नेपालले थप १ अंक बटुल्दै जित निकाल्यो ।

चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता कायम राख्दै २५–१३ को जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । यि दुई टोलीले दोस्रो संस्करणमा फाइन्ल खेल्दा नेपाल ३–२ को सेटमा विजयी हुँदै लगातार दोस्रो सिजन च्याम्पियन बन्न सफल भएको थियो ।

आज नै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ । यो खेल अपरान्ह ४ बजेपछि हुनेछ । दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यसअघिको दुवै संस्करणमा दुवै टोली सहभागी थिएनन् । दुवै बलियो टोली सहभागी नहुँदा नेपाल दुवै संस्करणमा च्याम्पियन बन्न सफल भएको थियो ।

भारतमा अनुभवी खेलाडीको बाहुल्यता रहँदा युवा खेलाडीले भरिएको काजकस्तान भारतलाई बलियो चुनौती पेश गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ । काजकस्तानको यो सिनियर टोली होइन ।

नेपालमा आएको काजकस्तानको टोली त्यहाँ लिग खेलिरहेको टोली रहेको प्रशिक्षकले बताएका छन् । च्यालेन्ज कपमा श्रीलंका पाँचौ, किर्गिस्तान छैटौं, माल्दिभ्स सातौं र बंगलादेश आठौं भएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.