default_image

2 years ago

May 28, 2023

नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्दै

364 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज फाइनलसहित तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुदैछ ।

यसअघि सुरुवाती दुई संस्करणको च्याम्पियन नेपालले आज (आइतबार) घरेलु कोर्टमा उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल सेमिफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । अघिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नेपाल र उज्वेकिस्तानबीचको खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ बजेपछि हुनेछ । घरेलु कोर्टमा हुने खेलमा नेपाल उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

नेपालसँग कप्तान अरुणा शाहीसँगै उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, संगम महतो, साफिया पुन र सलिना श्रेष्ठ रहेका छन् । यस्तै कामना विष्ट, पुनम चन्द, कविता भट्ट, प्रगति नाथ, रिमा कुँवर, पुजा चौधरी र शान्तिकला तामाङ छन् ।

नेपाल र उज्वेकिस्तानले गत वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनलमा प्रतिस्पर्धा गर्दा नेपाल ३–२ को सेटमा विजयी भएको थियो । नेपाल सोही जितको लयलाई निरन्तरता दिने योजनामा कोर्टमा उत्रनेछ ।

यता, उज्वेकिस्तान पनि घरेलु समर्थकको साथ पाएको नेपाललाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ । उज्वेकिस्तान गत वर्ष फाइनलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ ।

आज नै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ । यो खेल अपरान्ह ४ बजेपछि हुनेछ । दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यसअघिको दुवै संस्करणमा दुवै टोली सहभागी थिएनन् । दुवै बलियो टोली सहभागी नहुँदा नेपाल दुवै संस्करणमा च्याम्पियन बन्न सफल भएको थियो ।

भारतमा अनुभवी खेलाडीको बाहुल्यता रहँदा युवा खेलाडीले भरिएको काजकस्तान भारतलाई बलियो चुनौती पेश गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ । काजकस्तानको यो सिनियर टोली होइन ।

नेपालमा आएको काजकस्तानको टोली त्यहाँ लिग खेलिरहेको टोली रहेको प्रशिक्षकले बताएका छन् । च्यालेन्ज कपमा श्रीलंका पाँचौ, किर्गिस्तान छैटौं, माल्दिभ्स सातौं र बंगलादेश आठौं भएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.