2 years ago
May 27, 2023
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतको विरेन्द्रनगरमा आयोजित ‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।
७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् ।
उनले जित संगै नगद १ लाख ५ हजार हातपार्न सफल भएका छन् । विरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा उल्लेख्य दर्शकका बिच भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोर्वोटलाई पराजित गरेका थिए ।
हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइन विरुद्धको भिडन्त जित्दै नगद ७५ हजार हात पारे ।
त्यस्तै मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गरे ।
उनले नगद ७० हजार प्राप्त गर्दा महिलातर्फ लाइट वेट भिडन्तमा तन्नुले आकृतीलाई हराइन् । उनले नगद ६० हजार हात पारिन् ।
पुरुष लाइट वेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी नगद रु ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एण्ड सुजल टिमले नगद रु ५० हजार हात पार्न सफल भए ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेताहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, मदन भण्डारी फाउन्डेशनका केन्द्रिय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सूवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च भएको आयोजकले जनाएको छ ।
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]