2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ ।
प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी हुने छन् ।तीनदिने प्रतियोगिताका खेलहरु पोखरास्थित श्री स्याङजा रापाकोट तनहुँ मिलिजुली समाजमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]