2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यसअघिको दुई संस्करणको च्याम्पियन तथा घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ ।
एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २–३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा पारेको थियो ।
तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा लम्बिन पुग्यो । निर्णायक तथा पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो ।
प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २८–३० गुमाउन पुग्यो । सुरुवातदेखि नै पछि रहेको नेपालले एक समय १८–१५ ले अग्रता लिएपनि त्यो अग्रतालाई जोगाउन सकेन ।
दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–१६ को एकपक्षीय जित निकाल्न सफल भयो । नेपालले दोस्रो सेटमा एक समय (१२–५) ७ अंकको अग्रता बनाएको नेपाललाई काजकस्तानले सेटमा १६–१३) ३ मो छोट्याएपनि त्यसपछि नेपालले सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो ।
तेस्रो सेटमा पनि नेपालले दोस्रो सेटकै प्रदर्शनलाई दोहो¥याउँदै २५–१५ को सहज जित निकाल्न सफल भयो । ५–१, ८–३, १२–९, १८–१२ र २४–१२ को अग्रता बनाउँदै नेपालले तेस्रो सहजै आफ्नो पक्षमा पार्यो । १८–१२ को स्थितिबाट नेपालले लगातार ६ अंक जोड्दै जित निकाल्न सफल भयो ।
चौथो सेटमा भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवातदेखि नै पछि परेको नेपालले चौथो सेट १८–२५ ले गुमाउन पुग्यो । एक समय ६–१५ ले पछि रहेको नेपालले ११–२३ को स्थितिमा लगातार ६ अंक जोड्दै खेललाई १७–२३ को स्थितिमा ल्याएपनि हार टार्न सकेन । चौथो सेट गुमाउने भएपछि प्रशिक्षक यान डे ब्रान्टले उषा भण्डारी, सरस्वती चौधरी, साफिया पुनलाई विश्राम दिएको थियो ।
पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवादेखि नै पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि काजकस्तानलाई ७–१५ ले नजिता सुम्पदै सेमिफाइनलबाटै बाहिरियो ।
अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले भने तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।
नेपालले यसअघि सहभागिता जनाएको प्रतियोगितामा भारत र काजकस्तानको भने सहभागिता रहेको थिएन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।