default_image

2 years ago

May 26, 2023

फाइनल पुग्न नेपालले बलियो काजकस्तानसँग खेल्दै

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) सेमिफाइनलका खेलहरु हुनेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच सेमिफाइनल खेल हुनेछ । भारत र उज्वेकिस्तानको खेलमा दिउँसो २ः३० बजे तथा नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ ।

लगातार तेस्रोपटक उपाधि जितेर ह्याट्रिकको लक्ष्यमा रहेको नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजकस्तानलाई पराजित गर्नुपर्नेछ । काजकस्तानसँग पराजित भए नेपालको उपाधि लक्ष्यसँगै दोस्रो स्थान पनि गुम्नेछ । सेमिफाइनलमा पराजित भए नेपालले तेस्रो स्थानको लागि खेल्नुपर्नेछ ।

कप्तान अरुणा शाही, सरस्वती चौधरी र सलिना श्रेष्ठ टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन् । प्रशिक्षण दौरान घुँडाकै चोटका कारण सरस्वती पूर्णरुपमा फिट छैनन् ।

उषा भण्डारीसँगै निरुता ठगुन्ना, साफिया पुन, संगम महतो र सलिना श्रेष्ठले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि टोलीलाई जिताउन पर्याप्त रहेन । प्रतियोगिताअघि ठूला टोलीसँग अभ्यास खेल खेल्न नपाउँदा भारतविरुद्ध एक्सपोजरको कमी प्रष्टै देखिएको थियो ।

भारतविरुद्धको खेलमा गरेको गल्ती काजकस्तानविरुद्ध नदोहो¥याउने नेपालको लक्ष्य छ । घरेलु टोली नेपाल भने समूह ‘ए’ भारतसँग पराजित भएपछि उपविजेता बनेको थियो ।

कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको थियो । समूह चरणको तीन खेलमा ७ सेट जितेको नेपालले ३ सेट गुमाएको छ ।

यता, काजकस्तान घरेलु टोली नेपाललाई पराजित गर्दै नेपालको ह्याट्रिक उपाधि जित्ने लक्ष्यलाई चक्नाचुर पार्न चहान्छ । काजकस्तान यस च्यालेन्ज कपको सबैभन्दा बलियो टोली हो ।

समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको काजकस्तानले समूह चरणको तीन खेलमा ९ सेट जित्दा दुई सेट गुमाएको छ ।

माल्दिभ्सलाई सोझो सेटमा हराएको काजकस्तानले श्रीलंका र उज्वेकिस्तानसँग समान एक सेट गुमाएको थियो । एसियाको शीर्ष पाँचौ वरीयतामा रहेको काजकस्तानसँग युवा खेलाडीको बाहुल्यता रहेको छ ।

नेपाल र काजकस्तानले खेल्नुअघि भारतले उज्वेकिस्तानसँग खेल्नेछ । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.