2 years ago
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् ।
हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।
सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराइन् ।
प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पा¥यो ।
पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते ।
फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते ।
६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।
पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे ।
८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।
महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे ।
महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए ।
६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् । ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे ।
फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।
विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्व प्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतले पुरस्कृत गरे ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]