2 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख प्रदान गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले गाउँपालिकाको तर्फबाट बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले काजल श्रेष्ठलाई नगद १५ हजार रुपैयाँ सहयोग गरे । उक्त अवसरमा अध्यक्ष लामाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने मनसायले सो रकम सहयोग गरेको बताए ।
नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय निकायबाट नै स्वयम् जनप्रतिनिधिहरु उपस्थित भई यसप्रकारको सहयोग गर्दा खेलाडीहरुको हौसला बढाउन र खेल क्षेत्र र खेलाडीहरुको उत्साह र प्रोतसाहनका लागि अनुरोध गरे ।
सिन्धुपाल्चोक जिल्लामा जन्मेर तेक्वान्दो खेललाई अंगाल्दैआईरहेकी राष्ट्रिय खेलाडी काजलले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन र उपलब्धी हासिल गर्दै आईरहेकी छिन् ।
उनी १५ देखि २१ जेठसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने बाकु वल्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता हुन बिहीबार अजरवैजान प्रस्थान गर्दैछिन् ।
यस्तै अजरवैजानको बाकु शहरमा हुने बाकु २०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय तेक्वान्दो टिमलाई बिदाई गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई शुभकामनाका साथ बिदाई गरे । सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरु पुरुषतर्फ वीर बहादुर महरा (६८ केजी), निरज देउवा (८७ केजी), गोविन्द बहादुर आले (६३ केजी) र सुमित विष्ट (५४ केजी) रहेका छन् ।
महिलातर्फ इन्दिरा बस्नेत (६७ केजी), आयशा लामा (५३ केजी) काजल श्रेष्ठ (४९ केजी) र युनिशा राई (४६ केजी) छिन् । प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल छिन् ।
विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिब दिपराज गुरुङ र केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायत उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]