default_image

2 years ago

May 24, 2023

नेपालले भारतसँग खेल्दै

319 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आज (बुधबार) एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । दुवै टोली एक खेल छँदै सेमिफानल पुगेकाले यो प्रतिस्पर्धा समूह विजेताको लागि हुनेछ ।

घरेलु कोर्टमा हुने खेलमा नेपाल भारतलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । नेपालले हालसम्म भारतलाई हराउन सकेको छैन । नेपाल र भारतले सन् २०१९ पछि पहिलोपटक खेल्न लागेको हो ।

त्यसबेला घरेलु भुमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले भारतसँग फाइनल खेल्दा ३–२ को सेटमा पराजित हुँदै ऐतिहासि स्वर्णबाट वञ्चित बन्न पुगेको थियो । सुरुवाती दुई सेट जितेरपनि नेपालले त्यसपछि लगातार तीन सेट गुमाउन पुगेको थियो ।

त्यही हारको बदला लिदै नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ । तुलनात्मक रूपमा कमजोर बंगलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो स्तर मापन गर्नेछ ।

युवा र नयाँ खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीमा अनुभवी सरस्वती चौधरीसँगै कप्तान अरुणा शाही र सलिना श्रेष्ठको साथ रहेको छ ।

उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, कामना विष्ट, संगम महतो, कविता भट्ट, रिमा कुँवर, प्रगति नाथ, पुनम चन्द, पुजा चौधरी र शान्तिकला तामाङ छन् ।

घुँडाको समस्याका कारण सरस्वती चौधरीले पूर्ण रुपमा आफ्नो खेल पस्कन सकेको छैन । प्रशिक्षक यान डे ब्रान्टले उनलाई किर्गिस्तानविरुद्धको खेलमा विश्राम र बंगलादेशविरुद्धको खेलमा मौका दिएको थियो ।

समूह ‘ए’ मा नेपाल र भारतको समान २ खेलबाट ६ अंक छ । यो समूहमा किर्गिस्तान र बंगलादेशले अंक जोड्न सकेको छैन । आज नै किर्गिस्तान र बंगलादेशले खेल्दैछ । दुवै टोली सान्त्वना जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा पनि आज समूह विजेता बन्न काजकस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीको समान ६ अंक छ । यो समूहमा श्रीलंका र माल्दिभ्सले अंक जोड्न सकेको छैन । यि दुई टोली पनि पहिलो जित र अंकका लागि खेल्दैछ ।

१४ जेठसम्म चल्ने च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.