default_image

2 years ago

May 23, 2023

दिना र जिकेशलाई स्वर्ण

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए ।

महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे । पुरुषतर्पm भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते ।

महिला ८०० मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन् । उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । यस विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जिते ।

यसै विधाको पुरुषमा चितवनका अृमत बोटले सफलता पाए । उनले यो दूरी दुई मिनेट ८ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।

पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक जिते ।

यसै विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा पूरा गरिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते ।

महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते ।

पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए । चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते ।

पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचन्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए ।

महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याकिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जिते ।

काठमाडौं टिम च्याम्पियन
काठमाडौं दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ । काठमाडौं ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

हुप्राचौरमा भएको प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिताको पुरुषमा नुवाकोटका धनबहादुर तामाङ तथा महिलामा सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

करातेमा काठमाडौं नै अब्बल
दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेमा पनि काठमाडौंकै वर्चस्व रह्यो । सहभागी १३ वटै जिल्लालाई उछिन्ने क्रममा काठमाडौंले सर्वाधिक ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियनको उपाधि उचाल्यो ।

दोश्रो स्थानको मकवानपुरले ३ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो । समान २–२ स्वर्ण, रजत र कांस्यसाथ सिन्धुपाल्चोकले तेश्रो स्थानमा चित्त बुझायो । पुरुषमा मकवानपुरका रोशन बलामी तथा महिलामा काभ्रेकी मनिका तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

आइटिएफ तेक्वान्दोमा काभ्रे च्याम्पियन
काभ्रे जिल्ला जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो टिममा च्याम्पियन भएको छ । हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो ।

दुई दिनसम्म चलेको आइटिएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्याटर्नतर्पm १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए ।

चितवन ६ स्वर्ण, दुई रजत र दुई कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य प्राप्त ग¥यो । त्यस्तै चौथो स्थानमा रहेको काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो ।

ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । नुवाकोटले एक स्वर्ण र चार कांस्य पदक प्राप्त ग¥यो ।

विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेताले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

चितवनको सफल सुरुआत
चितवनल दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल जित हात पारेको छ । पिप्ले क्याम्पा रंगशाला चितवनले रामेछापलाई २–० गोलले पराजित ग¥यो ।

अन्य खेलमा काभ्रे र भक्तपुरले पनि सफलता आत्मासात् गरे । दुवै पेनाल्टी सुटआउटमा विजयी भए । काभ्रेले दोलखालाई ३–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

भक्तपुरले धादिङलाई ४–० ले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । गौरीटार रंगशाला जारी महिला फुटबलमा नुवाकोटले रामेछापलाई २–१, सिन्धुलीले काभ्रेलाई पेनाल्टी सुटआउटमा १–० तथा काठमाडौंले मकवानपुरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.