2 years ago
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् ।
सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।
सन्दीपाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । सन् २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईएफओटीसी च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २०औं जोर्डन ओपनमा तेस्रो स्थान हात पारेकी थिइन् ।
यस्तै सन् २०२१ मा मलेसियामा भएको डीजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले गत अगस्टमा मलेसियामै आयोजना भएको सराबाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।
यस्तै गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन् । उनले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण पदक जितेकी थिइन् । उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अफिसियल रेफ्रीजर्ज र टेक्निकलको भूमिका निर्वाह गरेकी छन् ।
सन् २०२२ को जुलाईमा अमेरिकामा भएको भर्जिनिया कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी उनले गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी–टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गरेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]