2 years ago
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।
अब नेपाल र भारतबीचको विजेता समूह विजेता बन्नेछ । नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को एकपक्षीय जित निकाल्दै लगातार दोस्रो जित आत्मसात् गर्यो ।
पहिलो सेटमा २५–१० को सोझो सेटमा जित निकालेको नेपाललाई दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौती दिएपनि नेपालले २५–८ को सहज जित निकाल्न सफल भयो । ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।
बंगलादेशविरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरिन् । मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् । बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरिन् ।
बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिइन् । यस्तै नेपालले खेलमा १४–५ ले अग्रता लिइरहँदा पहिलो सेटमै स्पाइकर सरस्वती चौधरीको स्थानमा सेटर प्रगति नाथ तथा सेटर तथा कप्तान अरुणा शाहीको स्थानमा स्पाइकर पुजा चौधरी कोर्टमा छिर्दै डेब्यु गरिन् ।
यस्तै पहिलो सेटमै लिवेरो शान्ति कला तामाङले पनि डेब्यु गरिन् । यससँगै राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।