default_image

1 year ago

May 23, 2023

डिडब्ल्यु वानलाई सुपरसिक्स क्रिकेटको उपाधि

72 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य डिडब्ल्यु वानले ४ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

डिडब्ल्यु वानका विकास दासले ८ बलमा सर्वाधिक १८ रन बनाएका थिए । त्यस्तै, पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले ९ रन जोडेका थिए । मन्त्र थकालीका विकास राजवंशी र सोनु मण्डलले समान १ विकेट लिएका थिए । डिडब्ल्युका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि ब्याटिङ गरेको मन्त्र थकालीले रामनारायण श्रेष्ठको २१ रन र पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमको १४ रनको मदतले ६१ रन बनाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच डिडब्ल्युका विकास दास घोषित भए ।

एमकेकेलाई मन्त्र थकालीले २३ रनले जितेर फाइनल पुगेको थियो भने इकोम्याट्सलाई तीन विकेटले पराजित गर्दै डिडब्ल्यु वान फाइनलमा पुगेको थियो । फाइनल विजेता डिडब्ल्यु वानले उपाधिसहित नगद १ लाख प्राप्त गरेको छ भने उपविजेता मन्त्र थकालीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान मनिष थापा, बेस्ट बलर हेमराज सिटौला, प्लेयर अफ द टुर्नामेन्ट सोनु मण्डल, बेस्ट फिल्डर निशोर मण्डल, बेस्ट विकेट किपर मुकुन्द यादव भएका थिए । उनीहरुलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि भएको प्रतियोगितामा बिर्तामोडका कर्पाेरेट २१ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.