2 years ago
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेकाे छ।
समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा अोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरुवातमा प्रतिस्पर्धा भएपनि नेपालले ८–७ बाट अग्रता लिदै पहिलो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेटमा भने नेपालले २५–१९ को प्रतिस्पर्धात्मक जित निकाल्यो । दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखिको अग्रतालाई कायम राख्दै जित निकाल्न सफल भइन् ।
तेस्रो सेटमा किर्गिस्तानले एक समय अग्रता लिएपनि नेपालले खेलमा फर्कदै २५–११ को सोझो सेटमा जित निकाल्न सफल भयो । ४–६ ले पछि रहेको नेपालले लगातार ११ अंक जोड्दै खेललाई १५–६ को स्थितिमा ल्याएर जिततर्फ अघि बढेको थियो ।
यस जितसँगै नेपालले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छ ।आज नै उज्वेकिस्तान र भारतले पनि विजयी सुरुवात गरिसकेको छ ।
उज्वेकिस्तानले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ । आज नै लिगको अन्तिम खेलमा माल्दिभ्स र काजकस्तानबीच खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।