2 years ago
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।
बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]