2 years ago
May 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले ९ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०–२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् । जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले फाइनलमा एन्जल्स हार्टलाई २४–१७ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले ७ अंक बटुले ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गल्र्समा पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक), सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]