2 years ago
May 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा ६ जेठदेखि शुरु हुने प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । जसमा नौ अन्तर्राष्ट्रिय निर्णायक रहने छन् ।
प्रतियोगिता सञ्चालनका लागि मेरिल्यान्ड तेक्वान्दो संघ, एनआरएनए मेरिल्यान्ड, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), साथी बाल्टिमोर, एचके ली तेक्वान्दो एकेडेमी, हिमालयन तेक्वान्दो, सनसाइन तेक्वान्दो, ग्लोबल तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, इगल तेक्वान्दो एकेडेमी, जुन ली तेक्वान्दो एकेडेमीलगायतका संघसंस्थाले पनि सहयोग गर्ने निर्देशक कार्कीले जानकारी दिए ।
कार्कीको पहलमा मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन नामक गैर नाफामूलक संस्था सञ्चालन हुँदै आएको छ । फाउन्डेसनले नेपालमा तेक्वान्दोको विकास तथा विस्तारमा विभिन्न सहयोग गर्दै आएको छ ।
विगत केही वर्षदेखि नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ आयोजना हुँदै आएको छ । यस वर्षको प्रतियोगिता आगामी डिसेम्बरमा चितवनमा हुँदैछ ।
विगत तीन दशकदेखि तेक्वान्दोमा अनवरत रुपमा लागेका कार्कीले सन् २०१५ अमेरिकामा तेक्वान्दो स्कुल पनि सञ्चालन गर्दै आएका छन् । स्कुलमा चार वर्षदेखि ७३ वर्षसम्मका दुई सय खेलाडीले नियमित रुपमा प्रशिक्षण लिँदै आएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]